Section 35
इजाजतपत्र दिन इन्कार गर्न सक्ने
(१) दफा ३४ मा जुनसुकै कुरा लेखिएको भए तापनि राष्ट्र बैंकले देहायको कुनै अवस्थामा बैंक वा वित्तीय संस्थालाई बैंकिङ्ग तथा वित्तीय कारोबार सञ्चालन गर्न इजाजतपत्र दिन इन्कार गर्न सक्नेछः– (क) नेपालको वित्तीय प्रणालीको स्थायित्व, स्वच्छ प्रतिस्पर्धा र विश्वसनीयता उपर प्रतिकूल असर पर्ने भएमा, (ख) निक्षेपकर्ताको हित संरक्षणको निमित्त वित्तीय कारोबार सञ्चालन गर्न इजाजतपत्र दिन उचित र उपयुक्त नहुने भएमा, (ग) बैंकिङ्ग तथा वित्तीय कारोबार सञ्चालन गर्ने पूर्वाधार पूरा नभएमा, (घ) यस ऐन बमोजिमका अन्य विवरण वा शर्तहरु पूरा भएको नदेखिएमा । (२) यस दफा बमोजिम बैंकिङ्ग तथा वित्तीय कारोबार सञ्चालन गर्न इजाजतपत्र दिन नसकिने अवस्था भएमा राष्ट्र बैंकले सोको कारण खुलाई निवेदन परेको मितिले नब्बे दिनभित्र सम्बन्धित बैंक वा वित्तीय संस्थालाई सो को सूचना दिनु पर्नेछ ।